Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

मिश्र र राणाविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

अदालतमा बयानका लागि अनुपस्थित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर राणाविरुद्ध फरार अरोपीको रूपमा पक्राउ पुर्जी जारी हुने भएको छ।

सम्भवतः उनीहरुविरुद्ध आज पक्राउ पुुर्जी जारी हुने स्रोतले जानकारी दिएको । उपचार गर्न हाजिरी जमानीमा छुटेका राणा र बन्दी प्रत्यक्षीकरणको आदेशमार्फत बाहिर आएका मिश्र काठमाडौं जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गर्दा पनि अनुपस्थित भएपछि पक्राउ पुर्जी जारी हुने भएको हो।

चैत १५ गते काठमाडौं तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न आरोपमा दर्गा प्रसाई लगायतका सात जनालाई बिहीबार राति पुर्पक्षका लागि थुनाका पठाएपछि उनीहरूका विरुद्ध पक्राउ पुर्जी जारी गर्न लागिएको अदालत स्रोतले जनाएको छु। अदालतको नजरमा मिश्र र राणा फरार छन्।

उनीहरू सम्पर्कविहीन भएपछि अनुसन्धान अधिकृतले उनलाई जिम्मा जमानीमा लिने तीन जना कानुन व्यवसायी र स्वकीय सचिवलाई २५–२५ हजार रुपैयाँ जरिवाना तिराइसकेका छन्। जमानी बस्ने कानुन व्यवसायीहरूले जरिवना तिरिसक्दा पनि उनीहरू अदालतमा हाजिर भएका थिएनन्।