Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

चार उच्च अदालतका मुख्य न्यायाधीशको नियुक्ति

न्याय परिषदले चार उच्च अदालतका मुख्य न्यायाधीशको नियुक्ति गरेको छ । शुक्रबार बसेको न्याय परिषदको बैठकले उच्च अदालत विराटनगर, पतन, सुर्खेत र तुल्सीपुरमा मुख्य न्यायाधीश नियुक्त गरेको हो । 

हाल उच्च अदालत जनकपुरको वीरगन्ज इजलासला न्यायाधीश राजन प्रसाद भट्टराईलाई उच्च अदालत विराटनगरको मुख्य न्यायाधीश नियुक्त गरिएको छ ।  त्यस्तै हाल उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवरलाई उच्च अदालत पाटनको मुख्यन्यायाधीश नियुक्त गरिएको छ ।

त्यसैगरी उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगाका न्यायाधीश हरिप्रसाद भण्डारीलाई उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीश नियुक्त गरिएको छ ।

 त्यस्तै उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीलाई उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश नियुक्त गरिएको न्याय परिषदले जानकारी दिएको छ । 

Judicial1749798441.jpg