शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

संसदको अवरोध खुलाउने विषयमा विपक्षी दल छलफलमा

संसदको अवरोध खुलाउने विषयमा विपक्षी दल छलफलमा

जेठ ३०, २०८२ शुक्रवार
जेठ ३०, २०८२ शुक्रवार
  • संसदको अवरोध खुलाउने विषयमा विपक्षी दल छलफलमा

    संसदको अवरोध खुलाउने विषयमा विपक्षी दलका नेताहरु आजपनि छलफलमा जुटेका छन् ।

    निरन्तर जारी रहेको छलफल सहमति नजिक पुगेको बताइएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद बैठक अघि विपक्षी दलहरुको बैठक बोलाएका छन् ।

    संसद्को अवरोध खुलाउने विषयमा कांग्रेस, एमाले र माओवादीबीच दुई बुँदे सहमति हुन लागेको दाबि गरिएको छ  । तर, अर्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  दुई बुँदेमा सहमत भएको छैन ।

    दुई बुँदेमा पहिलो बुँदामा अख्तियारले हाल गरिरहेको छानबिनलाई सहयोग गर्ने र दोस्रो बुँदामा सरकारले २०६४ देखि कै भिजिट भिसा प्रकरण छानबिन र अनुसन्धान गर्ने भन्ने उल्लेख छ । यो प्रस्तावमा सत्तारुद दल नेकपा एमाले र कांग्रेस सहमत भएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट