Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट

कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर कलेजले सञ्चालन गरेको प्रतियोगितामा ‘बाघ’ले १३२ अंक प्राप्त गर्दै उपाधि जितेको हो ।

जुन २ बाट सुरु भएको उक्त प्रतिस्पर्धामा ३२४ टिमबाट १,६२० खेलाडी सहभागी भएका थिए । छ दिनसम्म सञ्चालन भएको अनलाइन प्रतिस्पर्धाबाट उत्कृष्ट प्रदर्शन गर्ने १६ टिमले अन्तिम चरणको लागि स्थान सुरक्षित गरेका थिए ।

Westminster Showdown Winner Bagh Esports (2).jpg

अन्तिम १६ मा स्थान बनाउने टिमहरूमा फोर डेथ मेशिन्स, फोर अन्डरडग्स, एब्रप्ट स्लेयर्स, एई, बीएसी, बाघ ई–स्पोर्ट्स, दाइ ई–स्पोर्ट्स, ईजी फाइभ, एलएफएम, फोर वाईडी, नेपाल गेमिङ ९एनजी०, आरसी थर्टीटु, रियल सेभेज, आरथग, श्रीपेच ई–स्पोर्ट्स र ह्वाइट डेविल्स रहेका थिए ।

यी टिमहरूले जुन ८ देखि १० सम्म ल्यान टुर्नामेन्टमा १५ खेल खेलेका थिए ।