युवा नेतृत्वमा आधारित एक अभिनव पहल, प्रोजेक्ट सुधीर, को सुरुआत युनाइटेड पिपल ग्लोबल (UPG) सस्टेनेबिलिटी लिडरसिप अन्तर्गत महिमा खतीवडाद्वारा नेपालमा गरिएको छ। यो परियोजना विद्यालय स्तरका विद्यार्थीहरूलाई डिजिटल सुरक्षा र कानुनी सचेतना सम्बन्धी शिक्षाबाट सशक्त बनाउने लक्ष्य राख्दछ।
यो परियोजना उत्साही युवाहरूको सहयोगमा सञ्चालन भइरहेको छ, जसमा कानून अध्ययन गर्दै गरेकी धृति पौडेल पनि महिमाको अभियानमा सहकार्य गर्दै न्यायलाई पहुँचयोग्य बनाउने र डिजिटल वातावरणलाई सबैका लागि सुरक्षित बनाउने लक्ष्यमा जोडिएकी छन्। दिगो विकास लक्ष्य १६ — शान्ति, न्याय र बलियो संस्थाहरूमा आधारित, प्रोजेक्ट सुधीर “सुधीर” शब्दबाट प्रेरित छ, जसको अर्थ “बुद्धिमान” हुन्छ र यसले यस्तो नागरिक समाजको प्रतीकात्मकता बोकेको छ, जसले आफ्ना अधिकार र दायित्वहरू अनलाइन र अफलाइन दुवै क्षेत्रमा जान्दछ।
“प्रोजेक्ट सुधीर केवल अभियान होइन; यो एक प्रतिबद्धता हो ; निडर र सचेत पुस्ता निर्माण गर्ने,” महिमाले भनिन्। “मैले यो परियोजना विशेषगरी पहुँचबाट बञ्चित क्षेत्रका युवालाई कानूनी सचेतना र डिजिटल सुरक्षा बीचको खाडललाई कम गर्नका लागि कल्पना गरेकी हुँ।”
प्रोजेक्ट सुधीर दुई मुख्य स्तम्भमा आधारित छ:
बोध – न्यायमा पहुँच, संविधानिक अधिकारहरू, र लैंगिक-सम्वेदनशील कानूनी शिक्षा प्रवर्द्धन गर्ने। साइबर चौतारी – अनलाइन गोपनीयता, सहमति, साइबर बुलिङ, र गलत सूचना विरुद्ध डिजिटल सक्षमता विकास गर्नका लागि उमेरअनुकूल, अन्तरक्रियात्मक कार्यशालाहरू सञ्चालन गर्ने।
SDG (सस्टेनेबल डेभलपमेन्ट गोल) अनुकूलता:
● प्रमुख: SDG 16 – शान्ति, न्याय र सबल संस्था
● सहायक: SDG 4 (गुणस्तरीय शिक्षा), SDG 5 (लैङ्गिक समानता),
SDG 10 (असमानता न्यूनीकरण)
किन विशेष छ प्रोजेक्ट सुधीर?
यो परियोजना युवा द्वारा युवाका लागि बनाइएको हो। कानुन पढिरहेका विद्यार्थीहरूलाई सचेतनाको शिक्षकको भूमिकामा ल्याउने यो अभियानले विद्यालय, सडक, र सामाजिक सञ्जालमार्फत कानुनलाई पहुँचयोग्य र व्यवहारिक बनाइरहेको छ।
“महिमाको सोच र नेतृत्वबाट प्रभावित भएर म पनि यो अभियानमा जोडिएँ,” – धृति पौडेल “हामी चाहन्छौं कि कानुनी शिक्षा र डिजिटल सुरक्षा बाल्यकालदेखि नै सुरु होस् , रमाइलो र प्रभावकारी तरिकाले।” – सकरिना गुरुङ वैश्विक समर्थन, स्थानीय प्रभाव UPG Sustainability Leadership अन्तर्गत १०० भन्दा बढी देशका ५०० युवा परिवर्तनकर्ताहरूमध्ये महिमा, एक नेतृत्वकर्ता हुन् र नेपाललाई प्रतिनिधित्व गर्दैछिन्। प्रोजेक्ट सुधीरले UPG को विश्वासलाई जीवन्त बनाउँछ “साधारण मानिसहरू असाधारण काम गर्न सक्षम छन्, जब उनीहरूलाई सशक्त पारिन्छ।”