शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

स्कटल्याण्डविरुद्ध नेदरल्याण्डसको शानदार जित

स्कटल्याण्डविरुद्ध नेदरल्याण्डसको शानदार जित

जेठ ३०, २०८२ शुक्रवार
जेठ ३०, २०८२ शुक्रवार
  • स्कटल्याण्डविरुद्ध नेदरल्याण्डसको शानदार जित

    नेदरल्याण्डसले स्कटल्याण्डविरुद्धको खेलमा ४ विकेटको शानदार जित हासिल गरेको छ । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत गएराती सम्पन्न खेलमा नेदरल्याण्डसले स्कटल्याण्डलाई ४ विकेटले पराजित गरेको हो ।

    स्कटल्याण्डले दिएको ३७० रनको लक्ष्य पछाएको नेदरल्याण्डले ४९.२ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।नेदरल्याण्डसका लागि म्याक्स ओ डाउडले सर्बाधिक अविजित १५८ रन बनाए भने तेजा निदामानुरुले ५१, नोआह क्रोएजले ५० र माइकल लेभिटले ४४ रन बनाएका थिए ।

    यस अघि टस जितेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा ६ विकेट गुमाउदै ३६९ रन बनाएको थियो । स्कटल्याण्डका लागि जर्ज मुनसीले सर्बाधिक १९१ रन बनाएका थिए भने  कप्तान म्याथ्यु क्रसले ५९ रन बनाएका थिए ।

    नेदरल्याण्डसले आफ्नो एकदिवसीय इतिहासमा धेरै रन चेज गरेको यो दोस्रो ठुलो लक्ष्य हो । यस अघि २०२३ मा वेस्ट इन्डिजविरुद्ध ३७४ को लक्ष्य बराबरी गर्दै सुपर ओभरमा खेल जितेको थियो ।

     योसंगै तीन देशको लिग-२ अन्तर्गतको यो सिरिज सकिएको छ । जसमा नेपालले ४ मध्ये ३ खेलमा जित हासिल गरेको छ भने स्कटल्याण्डले ४ मध्ये २ र नेदरल्याण्डले ४ मध्ये एक खेलमा जित हासिल गरेको छ ।

    यो सिरिजपछि नेदरल्याण्डसको २४ खेलमा २८ अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्डको २० खेलमा २४ अंक भएको छ र तेस्रो स्थानमा छ । त्यस्तै नेपालको भने १६ खेलमा १२ अंक रहेको छ र हाल सातौं स्थानमा रहेको छ । अब यो सिरिजपछि नेपाल, स्कटल्याण्ड र नेदरल्याण्डसले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने छन् । सिरिज जुन १५ देखि शुरु हुने छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार