Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

दुर्घटनाग्रस्त जहाजमा थिए गुजराजतका पूर्व मुख्यमन्त्री विजय रुपाणी

एयर इण्डियाको दुर्घटनाग्रस्त जहाजमा गुजरातका पूर्व मुख्यमन्त्री पनि सवार रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी उक्त विमानमा सवार रहेको बताइएको छ। भारतीय जनता पार्टीबाट रुपाणी सन् २०१६ देखि २०२१ सम्म गुजरातको मुख्यमन्त्री रहेका थिए।

अहमदाबादबाट लण्डनका लागि उडान भरेको एयर इण्डियाको एआई १७१ फ्लाइट नम्बरको उडान केही मिनेटमै दुर्घटना भएको थियो। उक्त विमान अहमदाबादको मेघानी नगरमा दुर्घटना भएको हो।

विमानमा क्रुसहित २४२ जना सवार रहेको बताइएको छ।