Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

प्रचण्ड र माधव नेपालबीच भेटर्वार्ता, के-के भयो छलफलमा?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छलफल गरेका छन्।

भेटमा माधव नेपालका साथै एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र नेता शेरबहादुर कुँवर थिए। माओवादीबाट प्रचण्डसहित उपमहासचिव वर्षमान पुन र प्रमुख सचेतक हितराज पाण्डे थिए । भेटमा सामसामयिक राजनीति र संसद्को जारी अवरोधबारे कुरा भएको नेताहरू बताउँछन्।

भेटमा भिजिट भिसा प्रकरण र अवरुद्ध संसद खुलाउने विषयमा पनि कुुराकानी भएको बताइएको छ। सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अध्यक्ष नेपाल र प्रचण्डबीच छलफल भएको हो। गत जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै विपक्षीले संसद् बैठक अवरोध गर्दै आएका छन्।

दुई नेताको छलफल सकिए लगत्तै संसदका विपक्षी दलको बैठक बस्ने तयारी । त्यसपछि विपक्षी र सत्तारुढ दलको बैठक बस्ने तयारी छ। दलहरूबीच सहमति जुटाएर आजबाट संसद्को अवरोध खुलाउन दलका नेताहरू लागेका हुन्। आज दिउँसो ३ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ।