Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

भारतको गुजरातमा २४२ जना सवार विमान खस्यो

भारत गुजरातको अहमदावादमा विमान दुर्घटना भएको छ ।

मेघानीनगर आइजी परिसरमा विमान दुर्घटना भएको भारतीय सचारमाध्यमले जनाएका छन्। उक्त विमान एअर इन्डियाको रहेको दैनिक भास्करले जनाएको छ। एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान उड्ने क्रममा विमानस्थलको पर्खालमा ठोक्किएर आगो लागेको हो।

अहमदावादबाट लण्डनका लागि उडेको विमानमा २४२ जना सवार थिए। दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी रहेकोले उक्त क्षेत्रबाट प्राप्त दृश्यहरूले हावामा बाक्लो कालो धुवाँ देखिएको जनाइएको छ। दुर्घटनापछि सात वटा दमकलसहित आपतकालीन सेवाहरू घटनास्थलमा पुगेका छन्।