Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

अब फेरि मस्तसँग बस्ने होइन, उठाउने हो जोखिमः गगन थापा

सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधनबारे केही दिनमा काम थाल्ने बताएका छन्। आज मंगलबार पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘अहिलेको सरकारमा हाम्रो प्राथमिकता संविधान संशोधन छ । केही दिनभित्र काम अगाडि बढाउछौं। त्यस्तै सुशासन, अर्थतन्त्रमा पनि हामीले हात हाल्ने हो, काम गर्ने हो,’ उनले भने । थापाले जोखिम उठाइसकेपछि त्यसमा काम गर्नैपर्ने बताए। ‘कांग्रेस र एमाले मिलेर जोखिम उठाउने भन्यौं। अब फेरि मस्तसँग बस्ने होइन, उठाउने हो जोखिम,’ उनले भने।