Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

समाजवादी क्रान्ति नयाँ चरणमाः प्रचण्ड

‘माधव नेपाल र विप्लवसँग एकताको कुरा जारी छ, ०८४ मा पहिलो पार्टी बनाउँछौं’

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको बताएका छन्।

आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको उल्लेख गर्दै माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको बताए । उनले भने, ‘समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको छ, यो अभियानमा जोडिन म सबैलाई आग्रह पनि गर्दछु।’

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देवीकृष्ण न्यौपानेसहित जसपा कर्णालीका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले सो पार्टी प्रवेश र समायोजनले पार्टीको अभियानमा थप ऊर्जा तथा उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरे। उनले पार्टी प्रवेश र समायोजनले थप ऊर्जा र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले माओवादीप्रति आकर्षक बढ्दै गएको उल्लेख गर्दै पार्टीमा समायोजन हुन आउनेहरूलाई उचित जिम्मेवारी दिइने बताए।

उनले भने, ‘हामी सबैलाई यो पार्टीमा एकताबद्ध गराएर आउने दिनमा माओवादीलाई देशको पहिलो बनाउने बनाउने, जसरी ०६४ को निर्वाचनमा एक नम्बरको बनेको थियो, त्यो बच्न सकेन, फेरि एक नम्बरको पार्टी बनाउने, जनताले खोजे जस्तो सुशासन, समृद्धि, सामाजिक न्याय दिने र समाजवादको यात्रा तय गर्ने भनेर लागेका छौं।’ उनले विप्लव नेतृत्वको नेकपा, माधव नेपाल नेतृत्वको नेकपा एस र महेन्द्रराय नेतृत्वको नेसपाबीच समाजवादी मोर्चा बनेको उल्लेख गर्दै एकताबारे पनि छलफल भइरहेको बताएका छन्।