शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

प्रधानमन्त्री र अर्थमन्त्रीविरुद्धको मुद्दा श्रेष्ठ र पाण्डेको इजलासमा

प्रधानमन्त्री र अर्थमन्त्रीविरुद्धको मुद्दा श्रेष्ठ र पाण्डेको इजलासमा

जेठ २७, २०८२ मंगलवार
जेठ २७, २०८२ मंगलवार
  • प्रधानमन्त्री र अर्थमन्त्रीविरुद्धको मुद्दा श्रेष्ठ र पाण्डेको इजलासमा

    प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलविरुद्ध अदालतको अवहेलना मुद्दा आज (मंगलबार) सर्वोच्च अदालतका न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा परेको छ।

    ०७८ सालमा हालकै प्रधानमन्त्री र अर्थमन्त्री रहेका बेला बजेटमा खानीजन्य वस्तुको निकासीसहितको प्रावधान सर्वोच्चले खारेज गरिदिएको थियो। विगतमा खारेज गरिएको विषयमा सचेत हुनुको साटो आउँदो आर्थिक वर्षका निम्ति ल्याइएको बजेटको बुँदा नम्बर ८७ मा त्यही प्रावधान राखिएको छ।

    त्यसपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री र अर्थमन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका हुन् । यही जेठ २५ गते दर्ता गरिएको मुद्दा आज संयुक्त इजलासमा परेको हो। बजेट वक्तव्यको ८७ औं बुँदामा भनिएको छ, ‘प्रकृतिक तथा खानीजन्य वस्तुको व्यावसायिक उत्पादन र बजारीकरणमा निजी क्षेत्रलाई सहभागी गराइनेछ। वातावरणीय प्रभाव अध्ययनबाट उपयुक्त र आर्थिक दृष्टिले सम्भाव्य देखिएका खानीजन्य, नदीजन्य निर्माण सामग्रीको उत्खनन र प्रशोधन गरी आन्तरिक उपयोग र निर्यात गर्ने व्यवस्था मिलाइनेछ।’

    त्रिपाठीले यही बुँदा विगतमा अदालतले गरेको परमादेशको खिलाफमा रहेको भन्दै अवहेलना मुद्दा दायर गरेका छन् । उनले केही दिनअघि नै लगेको मुद्दा आइतबार (जेठ २५) मात्र दर्ता गरिएको हो। ‘बजेटको बुँदा ८७ ले अदालतको अवहेलना गरेकोले प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय एवं वन तथा वातावरण मन्त्रालयलाई विपक्षी बनाएको छु’, त्रिपाठीले भने, ‘अवहेलनाको कसुरमा संलग्न निज विपक्षीहरूलाई हदैसम्मको कारबाही गरी पाऊँ भनी सम्मानित सर्वोच्च अदालतमा आज निवेदन दर्ता गराएको छु। जेठ २७ गते मंगलबार प्रस्तुत मुद्दाको सुनुवाइ तोकिएको छ।’ उनले अवहेलना कसुरमा २४ घण्टाभित्र अदालतमै उपस्थित गराएर बयान लिन र उक्त बुँदा कार्यान्वयनमा रोक लगाउन माग गरेका छन्। एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानासहित भविष्यमा सार्वजनिक पद धारणका निम्ति अयोग्य घोषित गर्न पनि उनले माग गरेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार