शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

लिग–२ क्रिकेटः नेपाल आज नेदरल्यान्डसँग खेल्दै

लिग–२ क्रिकेटः नेपाल आज नेदरल्यान्डसँग खेल्दै

जेठ २७, २०८२ मंगलवार
जेठ २७, २०८२ मंगलवार
  • लिग–२ क्रिकेटः नेपाल आज नेदरल्यान्डसँग खेल्दै

    आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको चौथो श्रृङ्खलामा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ।

    स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा नेपाली समयअनुसार पौने ४ बजे खेल सुरु हुनेछ। यो श्रृङ्खलाको अन्तिम खेलका रूपमा नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ। यस श्रृखलामा नेपालले चार अङ्क जोडेको छ।

    पहिलो खेलमा स्कटल्यान्डलाई एक विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा भने नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित भएको थियो। हालसम्म नेपाल र नेदरल्यान्ड्सबीच भएको एकदिवसीय अन्तर्राष्ट्रियमा ६ खेल भएका छन् जसमा ३ जित नेपालले दर्ता गरेको छ भने ३ जित नेदरल्यान्ड्सले दर्ता गरेको छ।

    अंक तालिकामा नेदरल्यान्ड्सले २२ खेलमा १२ जित, ८ हार र दुई नतिजाहीन खेलसहित २६ अंक जोडेको छ । हालको तालिकामा नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छ। नेपाल भने १५ खेल खेलिसक्दा ४ जित, ९ हार र २ खेलमा अङ्क बाँड्दै १० अंक जोड्दै अंक तालिकाको सातौं स्थानमा रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट