Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

लिग–२ क्रिकेटः नेपाल आज नेदरल्यान्डसँग खेल्दै

आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको चौथो श्रृङ्खलामा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ।

स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा नेपाली समयअनुसार पौने ४ बजे खेल सुरु हुनेछ। यो श्रृङ्खलाको अन्तिम खेलका रूपमा नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ। यस श्रृखलामा नेपालले चार अङ्क जोडेको छ।

पहिलो खेलमा स्कटल्यान्डलाई एक विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा भने नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित भएको थियो। हालसम्म नेपाल र नेदरल्यान्ड्सबीच भएको एकदिवसीय अन्तर्राष्ट्रियमा ६ खेल भएका छन् जसमा ३ जित नेपालले दर्ता गरेको छ भने ३ जित नेदरल्यान्ड्सले दर्ता गरेको छ।

अंक तालिकामा नेदरल्यान्ड्सले २२ खेलमा १२ जित, ८ हार र दुई नतिजाहीन खेलसहित २६ अंक जोडेको छ । हालको तालिकामा नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छ। नेपाल भने १५ खेल खेलिसक्दा ४ जित, ९ हार र २ खेलमा अङ्क बाँड्दै १० अंक जोड्दै अंक तालिकाको सातौं स्थानमा रहेको छ।