Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

स्थानीय तहको राजश्वको स्रोत संघले खोस्योः सुनिता डंगोल

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्थानीय तहहरू अझै पनि संघ सरकारसँग निर्भर बन्नु परेको बताएकी छिन्।

संघीयताको दृष्टिले आगामी आर्थिक वर्ष २०८२/८३ को सन्दर्भमा काठमाडौंमा भएको कार्यक्रममा उनले अधिकांश स्थानीय तहको बजेट संघीय सरकारले उपलब्ध गराउने अनुदानमै निर्भर रहेको बताएकी हुन्।

उनले पालिका सरकारहरूको क्षमता बढाउन नसकिएको स्वीकार गरिन् । उनकाअनुसार स्थानीय सरकार ऐन, २०७४ ले लघु घरेलु, तथा साना उद्योग व्यवस्थापन अन्तर्गत इजाजत, दर्ता नविकरणदेखि खारेजीसम्मको अधिकार दिएको छ। तर स्थानीय सरकारले यी अधिकार पूर्ण रुपमा उपयोग गर्न नपाएको उपमेयर डंगोलले बताइन्।

उनले विद्यालय तहको शिक्षालाई स्थानीय तहको एकल अधिकारको रुपमा दिए पनि संघीय सरकारले अधिकार खुम्चाउने तवरले नीति ल्याएको आरोप लगाइन्।