शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

स्थानीय तहको राजश्वको स्रोत संघले खोस्योः सुनिता डंगोल

स्थानीय तहको राजश्वको स्रोत संघले खोस्योः सुनिता डंगोल

जेठ २६, २०८२ सोमवार
जेठ २६, २०८२ सोमवार
  • स्थानीय तहको राजश्वको स्रोत संघले खोस्योः सुनिता डंगोल

    काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्थानीय तहहरू अझै पनि संघ सरकारसँग निर्भर बन्नु परेको बताएकी छिन्।

    संघीयताको दृष्टिले आगामी आर्थिक वर्ष २०८२/८३ को सन्दर्भमा काठमाडौंमा भएको कार्यक्रममा उनले अधिकांश स्थानीय तहको बजेट संघीय सरकारले उपलब्ध गराउने अनुदानमै निर्भर रहेको बताएकी हुन्।

    उनले पालिका सरकारहरूको क्षमता बढाउन नसकिएको स्वीकार गरिन् । उनकाअनुसार स्थानीय सरकार ऐन, २०७४ ले लघु घरेलु, तथा साना उद्योग व्यवस्थापन अन्तर्गत इजाजत, दर्ता नविकरणदेखि खारेजीसम्मको अधिकार दिएको छ। तर स्थानीय सरकारले यी अधिकार पूर्ण रुपमा उपयोग गर्न नपाएको उपमेयर डंगोलले बताइन्।

    उनले विद्यालय तहको शिक्षालाई स्थानीय तहको एकल अधिकारको रुपमा दिए पनि संघीय सरकारले अधिकार खुम्चाउने तवरले नीति ल्याएको आरोप लगाइन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार