शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

विदेशबाट फर्किएकाहरूलाई राज्यले आवश्यक सहयोग र सम्मान दिन सकेनः प्रचण्ड

विदेशबाट फर्किएकाहरूलाई राज्यले आवश्यक सहयोग र सम्मान दिन सकेनः प्रचण्ड

जेठ २६, २०८२ सोमवार
जेठ २६, २०८२ सोमवार
  • विदेशबाट फर्किएकाहरूलाई राज्यले आवश्यक सहयोग र सम्मान दिन सकेनः प्रचण्ड

    प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रिटर्नीहरू (विदेशबाट फर्किएका नागरिक) लाई राज्यले अपेक्षित सहयोग र सम्मान दिन नसकेको बताएका छन् ।

    माओवादी निकट रिटर्नी सेन्टरको स्थापना दिवसको अवसरमा सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले राज्यले रिटर्नीहरूको भावना र योगदानको कदर गर्न नसकेको बताएका हुन्।

    ‘राज्यले रिटर्नीहरुलाई जुनस्तरको महत्व दिनुपर्ने र रिटर्नीको भावनालाई कदर गर्नुपर्ने हो त्यस्तो भएको छैन। तर हाम्रो पार्टी र हाम्रो पार्टीको नेतृत्वको सरकार भएको बेलामा हामीले राज्यको नीति कार्यक्रममा पनि र बजेट बत्तलव्यमा पनि रिटर्नी सेन्टर र रिटर्नीहरुलाई विशेष महत्व दिनुपर्छ भनेर नै रिटर्नी उद्यमशीलता कार्यक्रम भनेर एउटा प्याकेजमा नै कार्यक्रम अगाडि सार्ने हामीले जमर्को गर्‍यौं,’ उनले भने।

    अध्यक्ष प्रचण्डले माओवादी नेतृत्वको सरकार हुँदा यो क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए। ‘उहाँहरुले राज्यलाई गर्न खोज्नु भएको योगदानमा सहजीकरण पनि गर्नु पर्दछ भन्नेमा हामी क्लियर थियौँ । अहिले पनि स्पष्ट छौं । तर दुर्भाग्य के भयो भने हामीले छुट्याएको रकम पनि हामी सरकारबाट बाहिर गएपछि अन्यत्रै त्यो बजेट लगिएको भन्ने हामीले थाहा पाएका छौं,’ उनले भने।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार