Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

स्वास्थ्य मन्त्रीलाई मेयर हर्कको प्रश्नः कार्यकर्ताको भवनलाई तीन करोड दिनेले सिटी अस्पताललाई कति दिन्छौं?

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई कडा प्रश्न तेस्र्याएका छन्।

आज सामाजिक सञ्जालमा लेख्दै मेयर राईले सत्तारूढ दल नेपाली कांग्रेस निकट नेपाल तरुण दलको भवन बनाउन सहरी विकास मन्त्रालयले तीन करोड विनियोजन गरेको प्रसंग निकाल्दै उनले धरानको सिटी अस्पताल बनाउन कति रकम दिने रहेछ भन्दै प्रश्न गरेका छन् । मेयर राईले सो सम्बन्धमा स्वास्थ्यमन्त्री पौडेललाई पत्र बुझाएको पनि स्टाटसमा उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘आफ्नो कार्यकर्ताको लागि भवन बनाउन तीन करोड दिने कांग्रेसले धरानको सिटी अस्पताल बनाउन कति दिँदो रैछ ! हेर्छु ! पत्र बुझाएको छु अस्ती ! स्वास्थ्य मन्त्री ज्यू !’ केही दिनअघि मात्र कांग्रेस निकट नेपाल तरुण दलको भवन बनाउन सहरी विकास मन्त्रालयले तीन करोड विनियोजन गरेको समाचार बाहिरिएको थियो । उक्त रकम गणेशमान सिंह स्मृति भवनका लागि विनियोजित बजेट तरूण दल भवनका लागि आएको भन्दै चर्को आलोचना समेत भएको थियो । आलोचनापछि तरूण दलका अध्यक्ष विद्वान गुरूङले तरूण दलको भवन नभई तरूण दलको आग्रहमा गणेशमान सिंह स्मृति भवनका लागि बजेट विनियोजन भएको बताउँदै विज्ञप्ति सच्याएका थिए ।