Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

कर्णालीको नीति र कार्यक्रम बहुमतले पारित

कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति र कार्यक्रम बहुमतले पारित भएको छ।

आइतबार बसेको कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशनको बाह्रौँ बैठकमा आव २०८२/८३ को नीति तथा कार्यक्रम पारित भएको हो । 

प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसदहरूले असहमति जनाए पनि सत्ता साझेदार दलका सांसदहरूको ध्वनि मतको बहुमतका आधारमा नीति र कार्यक्रम बहुमतले पारित भएको हो । 

कर्णालीको नीति तथा कार्यक्रम जेठ २३ गते कार्यवाहक प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभामा प्रस्तुत गरेका थिए ।