शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

राइड शेयरिङबाट पछि हट्दैनौंः मुख्यमन्त्री पाण्डे

राइड शेयरिङबाट पछि हट्दैनौंः मुख्यमन्त्री पाण्डे

जेठ २५, २०८२ आइतवार
जेठ २५, २०८२ आइतवार
  • राइड शेयरिङबाट पछि हट्दैनौंः मुख्यमन्त्री पाण्डे

    गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राइड शेयरिङ नियमावलीमा संघ सरकारले हस्तक्षेप गरे पनि कार्यान्वयनबाट पछि नहट्ने स्पष्ट पारेका छन् । प्रदेशसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले प्रदेशको अधिकारमाथि हस्तक्षेप भएको देखिएको बताए ।

    ‘प्रदेश सरकारको अधिकारमा हस्तक्षेप गर्‍यो भन्ने विषयमा मेरो भन्नु केही छैन । एक किसिमबाट हेर्ने हो भने हस्तक्षेप भएको हो,’ उनले भने, ‘हामीले बनाएको नियम, कानुन किन स्थगन गर भनेको ? ठीक कुरा हो । हस्तक्षेप भएको छ ।’

    संविधानले तीन तहको सरकारबीच समन्वय र सहकार्यको व्यवस्था गरेकाले त्यसैअनुसार तत्काललाई संघ सरकारको आग्रह मानेको उनले सुनाए । ‘हाम्रो संविधानले तीनवटै सरकारबीच समन्वय र सहकार्य गरिनेछ भनेको छ । त्यसैले केही समयका लागि अर्थात् एक महिनाका लागि संघीय सरकारको आग्रहलाई संविधानको त्यही मर्मअनुसार सहकार्य गरेको हो । तथापि सहकार्य गरेको कदमबाट सरकार पछाडि हट्दैन,’ उनले भने ।

    एक महिनापछि राइड शेयरिङ नियमावलीले गरेको व्यवस्थाअनुसार दर्ता, नवीकरण र नियमन अघि बढाइने उनले बताए । गण्डकी प्रदेश सरकारले जेठ १ मा राइड शेयरिङ (नियमन तथा व्यवस्थापन) नियमावली, २०८२ राजपत्रमा प्रकाशन गरेको थियो । रातो नम्बर प्लेटका सवारीलाई प्रयोजनविपरीत भाडामा लगाउन नियमावली ल्याइएको, आफूहरूको लगानीलाई बेवास्ता गरिएको भन्दै त्यसविरुद्ध सार्वजनिक यातायात व्यवसायीले देशभर आन्दोलन थालेका थिए । त्यसपछि प्रदेश सरकारले व्यवसायीसँग वार्ता गर्ने भन्दै गत जेठ २० मा एक महिनालाई नियमावली कार्यान्वयन स्थगन गर्ने निर्णय गरेको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार