शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

छिट्टै समझदारीको भाषा टुङ्गिएर सदन चल्छः प्रचण्ड

छिट्टै समझदारीको भाषा टुङ्गिएर सदन चल्छः प्रचण्ड

जेठ २५, २०८२ आइतवार
जेठ २५, २०८२ आइतवार
  • छिट्टै समझदारीको भाषा टुङ्गिएर सदन चल्छः प्रचण्ड

     प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समझदारीको भाषा टुंगिएपछि सदन चल्ने बताएका छन्।

    उनका अनुसार, अहिले सत्तापक्ष र प्रतिपक्ष दलबीच समझदारीको भाषामा छलफल भइरहेको छ। कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफल रचनात्मक र सकारात्मक भएको भन्दै उनले समस्या समाधानका लागि सबै लचिलो बन्नुपर्ने बताए।

    ‘सबै लचिलो बन्नुपर्छ, समस्या समाधान गर्न माओवादी मात्रै लचिलो भएर पुग्दैन,’ प्रचण्डले भने। गृहमन्त्री रमेश लेखक विवादमा तानिएको भिजिट भिसा प्रकरणमा प्रतिपक्षी र सत्तापक्षको आ–आफ्नो अडानका कारण प्रतिनिधिसभा बैठक बस्न सकेको छैन। केहीबेरअघि नेपाली कांग्रेस र विपक्षी दलका नेताबीच भएको छलफलपछि सहमतिको लागि पत्र तयार बनाउन लागिएको नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

    ‘हामी छलफलमै छौं। लिखित प्रस्ताव गर्ने भनेर ड्राफ्ट गर्दैछौँ’ उनले भने । अध्यागमनको संरचनागत, नीतिगत र कानुनी सुधारका लागि छानबिन तथा अध्ययनका लागि समिति बनाउने प्रस्तावबारे कांग्रेस र विपक्षी दलबीच छलफल भएको हो। ‘हाउस सञ्चालनका लागि सहमति पत्र बनाउने भनेर काम भइरहेको छ। त्यसमा अध्यागमनको संरचनागत, नीतिगत र कानुनी सुधान गर्न अध्ययन तथा छानबिन समिति बनाउनु पर्छ भनेका छौँ विपक्षीले,’ उनले भने, ‘सरकारले छानबिन र अध्ययन गर्न प्रतिबद्ध छौँ भनेको भएर लिखित सहमति तथा डेट लाइन बनाउने कुरा भइरहेको छ। छानबिनका लागि कांग्रेस तयार भएको । कांग्रेस–एमालेबीच कुराकानी भइरहेको भनिएको छ।’

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार