शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

भागदौडमा मृतकका परिवारलाई कर्नाटक सरकारले दिने राहत बढायो, २५ लाख दिने

भागदौडमा मृतकका परिवारलाई कर्नाटक सरकारले दिने राहत बढायो, २५ लाख दिने

जेठ २५, २०८२ आइतवार
जेठ २५, २०८२ आइतवार
  • भागदौडमा मृतकका परिवारलाई कर्नाटक सरकारले दिने राहत बढायो, २५ लाख दिने

    भारतको कर्नाटकका मुख्यमन्त्री सिद्धरामय्याले बैंगलुरुको चिन्नास्वामी स्टेडियम बाहिर भएको भागदौडमा मृत्यु भएकाहरूको लागि क्षतिपूर्ति रकम बढाउने घोषणा गरेका छन् ।

    सामाजिक सञ्जालमा एक पोस्टमा उनले लेखेका छन्, 'मैले चिन्नास्वामी स्टेडियममा भएको भागदौडमा मृत्यु भएकाहरूको परिवारलाई घोषणा गरिएको क्षतिपूर्ति १० लाखबाट बढाएर २५ लाख पुर्‍याउन आदेश दिएको छु ।' यससँगै उनले यस दुर्घटनामा आफ्ना आफन्त गुमाएकाहरूले आर्थिक कठिनाइको कारणले पीडित हुनु नपर्ने उल्लेख गरेका छन् ।

    गएको बुधबार, रोयल च्यालेन्जर्स बैंगलुरुले जितेको पहिलो आइपिएल उपाधिको विजय उत्सवका क्रममा चिन्नास्वामी स्टेडियम बाहिर भएको भागदौडमा कम्तिमा ११ जनाको मृत्यु भयो र ५० भन्दा बढी घाइते भएका थिए ।

    १८ वर्षपछि, रोयल च्यालेन्जर्स बैंगलुरुले आईपीएल ट्रफी जितेपछिको विजय उत्सवमा एक लाखभन्दा बढी प्रशंसकहरू रंगशाला बाहिर भेला भएपछि भागदौड मच्चिएको थियो । रोयल च्यालेन्जर्स बैंगलुरुले पनि मृतकका परिवारका लागि १०-१० लाख दिने घोषणा गरेको थियो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार