शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

भारतको मणिपुरमा तनाव, इन्टरनेट बन्द

भारतको मणिपुरमा तनाव, इन्टरनेट बन्द

जेठ २५, २०८२ आइतवार
जेठ २५, २०८२ आइतवार
  • भारतको मणिपुरमा तनाव, इन्टरनेट बन्द

    भारतको मणिपुरको अवस्था तनावपूर्ण बनेको छ ।

    शनिबार राति मेइतेई संगठनका नेता अरम्बाई तेङ्गोललाई पक्राउ गरिएको खबर आएपछि इम्फाल पूर्व र पश्चिम जिल्लामा हिंसा भड्किएको थियो । यसपछि प्रदर्शनकारीहरूले सडकमा टायर र फर्निचर बालेर प्रदर्शन गरे र नेताको रिहाइको माग गरेका थिए । 

    परिस्थितिलाई ध्यानमा राख्दै, राज्यपाल अजय कुमार भल्लाले पाँच जिल्लामा पाँच दिनको लागि इन्टरनेट र मोबाइल डेटा सेवाहरू बन्द गर्ने आदेश जारी गरेका छन् । यी जिल्लाहरूमा इम्फाल पश्चिम, इम्फाल पूर्व, थौबल, विष्णुपुर र काक्चिङ रहेका छन् ।

    इन्टरनेट सेवाहरू बन्द गर्ने आदेशमा केही असामाजिक तत्वहरूले सामाजिक सञ्जाल मार्फत उत्तेजक सन्देश, फोटो र भिडियोहरू फैलाउन सक्ने डरले र राज्यको अवस्था बिग्रन सक्ने भएकाले इन्टरनेट बन्द गरिएको छ । साथै आदेशमा कसैले यो आदेशको उल्लंघन गरेमा, उसमाथि कानुनी कारबाही गरिने उल्लेख छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार