शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन आजबाट

अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन आजबाट

जेठ २५, २०८२ आइतवार
जेठ २५, २०८२ आइतवार
  • अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन आजबाट

    नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौँमा हुदैछ ।

    जेठ २८ गतेसम्म हुने राष्ट्रिय महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। अपराहन्न १ बजे त्रिवि स्मृति भवनमा महाधिवेशनको उद्घाटन गर्ने कार्यसूची रहेको छ । 

    महाधिवेशनमा करिब १५ सय प्रतिनिधि सहभागी हुने बताइएको छ ।  यस महाधिवेशनले अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव चार सचिवसहित १५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

    अनेरास्ववियुमा ३२ वर्षे उमेरहद लागेको छ । गत जेठ ११ गते बसेको एमाले सचिवालय बैठकले अनेरास्ववियुका कमिटीहरूमा ३२ वर्षे उमेरहद लगाउने निर्णय गरेको थियो । 

    उमेर हदका कारण वर्तमान १७ सदस्यीय पदाधिकारीमध्ये अधिकांश बिदा हुने भएका छन् । पाँच जना सचिवहरू प्रकाश पौडेल, दीपक धामी, डा. सुजन कडरिया, अञ्जना शिवाकोटी र आरती भण्डारी मात्रै ३२ वर्षमुनिका रहेका छन् । उनीहरु सबैको अध्यक्षमा दाबेदारी रहेको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार