Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आफुले पढेको कलेजमा मुकेश अम्बानीको १५१ करोड सहयोग

एशियाकै धनि व्यक्ति भारको रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले मुम्बईस्थित इन्स्टिच्युट अफ केमिकल टेक्नोलोजी (आईसीटी) लाई १५१ करोड भारु दान गरेका छन् ।

मुकेश अम्बानीले आफुले १९७० को दशकमा स्नातक गरेको सो कलेजलाई सहयोग गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

मुकेश अम्बानी जुन ६ मा सो कलेजमा प्रोफेसर एमएम शर्माको जीवनी 'दिव्य वैज्ञानिक' को विमोचनका लागि आयोजित विशेष समारोहमा सहभागी भएका थिए । उनले प्रोफेसर शर्माको आग्रहमा नै कलेजलाई सहयोग गरेको बताए ।

मुकेश अम्बानी र उनको परिवारले आर्थिक वर्ष २०२३-२४ मा ४०७ करोड भारु दान गरेको एक रिपोर्टमा उल्लेख छ । 

मुकेश अम्बानी एसियाका सबैभन्दा धनी व्यक्ति हुन्। उनीसँग ९.३५ लाख करोड भारुको सम्पत्ति छ ।  उनी विश्वको धनीको सूचीमा हाल १६औं स्थानमा रहेका छन् ।