शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

मेजर लिग क्रिकेटमा ट्रम्पको प्रतिबन्धको असर, अफगानी क्रिकेटरले पाउलान् अनुमति ?

मेजर लिग क्रिकेटमा ट्रम्पको प्रतिबन्धको असर, अफगानी क्रिकेटरले पाउलान् अनुमति ?

जेठ २४, २०८२ शनिवार
जेठ २४, २०८२ शनिवार
  • मेजर लिग क्रिकेटमा ट्रम्पको प्रतिबन्धको असर, अफगानी क्रिकेटरले पाउलान् अनुमति ?

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएपछि यसको असर अफगानी क्रिकेटरलाई परेको छ ।

    अमेरिकामा हुने मेजर लिग क्रिकेट (एमएलसी) मा खेल्ने अफगानी क्रिकेटर राशिद खान र नूर अहमद लगायत ७ खेलाडी एमएलसीमा आवद्ध छन् ।

    ट्रम्पको घोषणाले १२ देशका नागरिकहरूको संयुक्त राज्य अमेरिकामा प्रवेश पूर्ण रूपमा प्रतिबन्धित गरेको छ । ट्रम्पले अफगानिस्तान, बर्मा, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनमाथि प्रतिबन्ध लगाएका छन् ।

    एमएलसी २०२५ को लागि सम्झौता अन्तर्गत सात अफगानिस्तान खेलाडीहरू राशिद खान, अज्मतुल्लाह ओमारजाई र नवीन-उल-हक एमआई न्यूयोर्कसँग, गुलबदिन नैब, फजलहक फारुकी र वकार सलामखिल सिएटल ओर्कास र नूर अहमद टेक्सास सुपर किंग्समा आवद्ध रहेका छन् ।

    जुन ९ देखि लागु हुने प्रतिबन्धमा कुनै पनि खेलाडी वा एथलेटिक टोलीको सदस्य, विश्वकप, ओलम्पिक, वा राज्य सचिवले निर्धारण गरेको अन्य प्रमुख खेलकुद कार्यक्रमको लागि यात्रा गर्नेको लागि छुट हुने उल्लेख छ ।

    मिडिया रिपोर्टका अनुसार केहि खेलाडीहरू भिसा प्राप्त गरेपछि पहिले नै संयुक्त राज्य अमेरिका पुगेका छन् भने केहि खेलाडीले अझै भिसा आवेदन दिन वा यात्रा गर्न बाँकी रहेको छ । लिगका अधिकारीहरुले विदेशमन्त्री मार्को रुबियोले  खेलाडीहरुलाई अमेरिका आउन सहजीकरण गर्ने विश्वास व्यक्त गरेका छन् ।

    आदेशले विशेष रूपमा २०२८ मा लस एन्जलसमा हुने ओलम्पिकलाई एउटा कार्यक्रमको रूपमा उल्लेख गरेको छ जसको लागि खेलाडीहरूलाई छुट दिइनेछ । त्यसैले, अफगानिस्तानले योग्यता हासिल गरेमा खेलकुदमा पुरुष टी-२० क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गर्न योग्य हुनुपर्ने उल्लेख छ ।

    एमएलसीको २०२५ सिजन जुन १२ देखि जुलाई १३ सम्म हुदै छ । एमएलसी २०२३ देखि शुरु भएको थियो । जसको पहिलो सिजन एमआई न्यूयोर्कले जितेको थियो भने दोस्रो सिजन गत बर्ष वाशिंगटन फ्रीडमले जितेको थियो ।

    एमएलसीमा एमआई न्यूयोर्क, वाशिंगटन फ्रीडम, लस एन्जल्स नाइट राइडर्स, सान फ्रान्सिस्को युनिकोर्न, सीटल ओर्कास र टेक्सास सुपर किंग्स फ्रेन्चाईजी रहेका छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार