फिफा विश्वकप छनौट अन्तर्गतको खेलमा नर्वेले इटालीमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा नर्वेले इटालीलाई ३(० गोल अन्तरले पराजित गरेको हो ।
नर्वेको जितमा एलेक्जान्डर सोर्लोथ, एन्टोनियो नुसा र इर्लिंग हालाण्डले एक एक गोल गरेका थिए । यो जितपछि समुह आइ मा रहेको नर्वेको ३ खेलमा ९ अंक भएको छ र समुहमा शिश स्थानमा रहेको छ ।
त्यस्तै इटालीले भने यस समुहको आफ्नो पहिलो खेलमा हार बेहोरेको छ ।
प्रतिक्रिया दिनुहोस्