Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

विश्वकप छनौटको खेलमा इटालीमाथि नर्वेको शानदार जित

फिफा विश्वकप छनौट अन्तर्गतको खेलमा नर्वेले इटालीमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा नर्वेले इटालीलाई ३(० गोल अन्तरले पराजित गरेको हो ।

नर्वेको जितमा एलेक्जान्डर सोर्लोथ, एन्टोनियो नुसा र इर्लिंग हालाण्डले एक एक गोल गरेका थिए । यो जितपछि समुह आइ मा रहेको नर्वेको ३ खेलमा ९ अंक भएको छ र समुहमा शिश स्थानमा रहेको छ ।

त्यस्तै इटालीले भने यस समुहको आफ्नो पहिलो खेलमा हार बेहोरेको छ ।