Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

वाईसीएलको अध्यक्षमा पुष्प ओली चयन

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्षमा पुष्प ओली र महासचिवमा गणेश शाही सर्वसम्मत चयन भएका छन् । 

काठमाडौंमा भएको तेस्रो सम्मेलनले ओलीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । वाईसिएलको अध्यक्षमा केयरसिंह कुँवर, पुष्प ओली, गणेश शाही, कर्म पुलामी र नवराज ऐरलगायत आकांक्षी रहेका थिए ।

२०४३ साल पुस ७ गते दाङमा जन्मिएका ओली २०५७ सालदेखि अनेरास्ववियु (क्रान्तिकारी) मा लागेका थिए । 

यस्तै महासचिव गणेश शाही चयन भएका छन् । अन्य पदमा घोषणा हुन बाँकी रहेको बताइएको छ ।