शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

वाईसीएलको अध्यक्षमा पुष्प ओली चयन

वाईसीएलको अध्यक्षमा पुष्प ओली चयन

जेठ २३, २०८२ शुक्रवार
जेठ २३, २०८२ शुक्रवार
  • वाईसीएलको अध्यक्षमा पुष्प ओली चयन

    नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्षमा पुष्प ओली र महासचिवमा गणेश शाही सर्वसम्मत चयन भएका छन् । 

    काठमाडौंमा भएको तेस्रो सम्मेलनले ओलीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । वाईसिएलको अध्यक्षमा केयरसिंह कुँवर, पुष्प ओली, गणेश शाही, कर्म पुलामी र नवराज ऐरलगायत आकांक्षी रहेका थिए ।

    २०४३ साल पुस ७ गते दाङमा जन्मिएका ओली २०५७ सालदेखि अनेरास्ववियु (क्रान्तिकारी) मा लागेका थिए । 

    यस्तै महासचिव गणेश शाही चयन भएका छन् । अन्य पदमा घोषणा हुन बाँकी रहेको बताइएको छ ।  

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार