शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

देउवाजीले माधव नेपालविरुद्धको मुद्दाबारे मलाई सोध्दा आश्चर्यमा परेंः प्रचण्ड

देउवाजीले माधव नेपालविरुद्धको मुद्दाबारे मलाई सोध्दा आश्चर्यमा परेंः प्रचण्ड

जेठ २३, २०८२ शुक्रवार
जेठ २३, २०८२ शुक्रवार
  • देउवाजीले माधव नेपालविरुद्धको मुद्दाबारे मलाई सोध्दा आश्चर्यमा परेंः प्रचण्ड

    सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच फोनवार्ता भएको छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध मुद्दा दायर भएपछि देउवाले प्रचण्डलाई फोन गरेका हुन्। उनीहरूबीच हिजो (बिहीबार) नै फोनवार्ता भएको स्रोतले जानकारी दिएको छ। प्रचण्डका अनुसार, फोन देउवा आफैंले गरेका थिए।

    संसद भवनमा केही सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले यसबारे जानकारी गराएका हुन्। ‘देउवाजीले हिजो फोन गर्नु भएको थियो । माधव नेपालमाथि जुन मुद्दा दर्ता भयो। त्यो विषयमा के भएको हो भनेर सोध्दै हुनुहुन्थ्यो,’ प्रचण्डले भने, ‘के भएको हो भनेर ? शेरबहादुरजीले मलाई सोध्ने भनेपछि म आफैं आश्चर्यमा परें ।’ फोनवार्ताका क्रममा केहीबेर ठट्टा चलेको पनि उनले बताएका छन्। ‘मैले चाहिँ तपाईंलाई पो थाहा हुनुपर्छ भनें। उहाँलाई पनि थाहा नभएको बुझें मैले,’ प्रचण्डले भनेका छन्, ‘देउवासँग सल्लाहमा मुद्दा दर्ता भएको होइन रहेछ भन्ने मैले बुझें ।’

    पतञ्जली योगपीठ तथा आयुुर्वेद कम्पनीले हदबन्दी छुटमा पाएको जग्गा अपचलन प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री ‍नेपालसहित ९३ जनाविरूद्ध भ्रष्टाचार अभियोगमा मुद्दा चलाएको हो। यस प्रकरणमा देखिएका ४ वटा कसुरजन्य कार्यमध्ये नेपालको संलग्नता एउटा कसुरमा देखिएको अख्तियारले जनाएको छ। उनीमाथि १८ करोड ५८ लाख ५० हजार रूपैयाँ उनका नाममा बिगो कायम गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट