शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सी जिनपिङसँग फोनमा कुरा गरेपछि चीन भ्रमणको योजनामा ट्रम्प

सी जिनपिङसँग फोनमा कुरा गरेपछि चीन भ्रमणको योजनामा ट्रम्प

जेठ २३, २०८२ शुक्रवार
जेठ २३, २०८२ शुक्रवार
  • सी जिनपिङसँग फोनमा कुरा गरेपछि चीन भ्रमणको योजनामा ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमणको योजना बनाएको बताएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग फोनमा कुरा गरेपछि ट्रम्पले आफुले चीन भ्रमणको योजना बनाएको बताएका हुन् ।

    उनले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई अमेरिका भ्रमणको निम्तो पनि दिएका बताएका छन्, यद्यपि दुवै देशले अहिलेसम्म आधिकारिक रूपमा कुनै भ्रमणको पुष्टि गरेका छैनन् । चिनियाँ मिडियाका अनुसार, ह्वाइट हाउसको अनुरोधमा दुई नेताले फोनमा कुरा गरेका थिए ।

    ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा दुई बीचको कुराकानी डेढ घण्टासम्म चलेको थियो र यस अवधिमा धेरैजसो कुराकानी व्यापारको बारेमा थियो । उनले कुराकानीको परिणाम दुवै देशका लागि सकारात्मक रहेको बताएका छन् ।

    यद्यपि, चीनले जारी गरेको विज्ञप्तिमा ट्रम्पलाई दिइएको निम्तो मात्र उल्लेख गरिएको छ, ह्वाइट हाउसको निम्तो यसमा उल्लेख गरिएको छैन । चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाका अनुसार, कुराकानीको क्रममा सी जिनपिङले ट्रम्पलाई अमेरिकाले चीनविरुद्ध चालेका नकारात्मक कदमहरू फिर्ता लिनुपर्ने बताएका थिए ।

    साथै सी जिनपिङले दुवै पक्षले जेनेभामा हालै भएको सम्झौताको पालना गर्नुपर्ने बताएका थिए । यस व्यापार सम्झौता अन्तर्गत, अमेरिकाले चीनबाट आयात गरिएका सामानहरूमा लाग्ने कर १४५ प्रतिशतबाट घटाएर ३० प्रतिशत पुर्‍यायो । साथै, चीनले अमेरिकी सामानहरूमा लगाइएको कर १२५ प्रतिशतबाट घटाएर १० प्रतिशत पुर्‍याएपछि अहिले अमेरिका-चीन व्यापार द्वन्द शान्त भएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार