Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

महिला फुटबल प्रशिक्षकमा प्याट्रिक डे विल्ड

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज (बिहीबार) नेपाली महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डे विल्ड नियुक्त गरेको छ।

एन्फा महासचिव किरण राईले सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको कार्यक्रममा सम्झौतामा हस्ताक्षर गरेका छन्। उनी नेपाली महिला राष्ट्रिय टिम सम्हाल्ने दोस्रो प्रशिक्षक हुन्।

एन्फाको प्रशिक्षक छनोट समितिले उनको नाम सिफारिस गरेको हो। डे विल्डले यसअघि नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौं रेजर्सको मुख्य प्रशिक्षक पद सम्हालेका थिए ।

अब उनको नेतृत्वमा नेपाली महिला राष्ट्रिय टिमले एसिया कप छनोट खेल्नेछ। त्यस छनोटको समूह ‘एफ’ मा नेपाल उज्वेकिस्तान, लाओस र श्रीलंका रहेका छन् ।