Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सांसद ज्ञानेन्द्र शाहीको आरोपः अग्नि जोगाउन माओवादी गृहमन्त्रीको राजीनामाबाट पछि हट्यो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) अग्नि सापकोटालाई जोगाउन गृहमन्त्रीको राजीनामाबाट पछाडि हटेको आरोप लगाएका छन्। शाहीले सामाजिक सञ्जालमा लेख्दै यस्तो आरोप लगाएका हुन्। उनले माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख सापकोटा पक्राउ पर्ने डरले संसद खोल्न माओवादी तयार भएको देखिएको बताएका छन्।

गृहमन्त्री रमेश लेखक र नारायणकाजी श्रेष्ठबीच भेटघाट, भिजिट भिसामा गृहमन्त्रीलाई बचाउने, सरकारले माओवादी नेताहरू अग्नि सापकोटा र सांसद सर्यमान दोङलाई पक्राउ नगर्ने अवस्था देखिएको शाहीको भनाइ छ। उनले शक्ति र सत्ता कति शक्तिशाली हुन्छ भन्ने उदाहरण यही भएको बताएका छन्। शाहीले यस कारण अवस्था सुधार्न व्यवस्था सुधार गर्नैपर्ने भनाइ राखेका छन् ।

उनले लेखेका छन्, ‘Give and Take’ माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख अग्नि सापकोटा पक्राउ पर्ने डरले संसद खोल्न माओवादी लचिलो भएर तयार भएको देखिन्छ । गृहमन्त्री रमेश लेखक र नारायणकाजी श्रेष्ठबिच भेटघाट, भिजिट भिसामा गृहमन्त्रीलाई बचाउने । सरकारले माओवादी नेताहरू अग्नि सापकोटा र सांसद सर्यमान दोङलाई पक्राउ नगर्ने, गृहमन्त्रीको राजीनामाबाट पछाडि हट्यो माओवादी । शक्ति र सत्ता कति शक्तिशाली हुन्छ भन्ने उदाहरण हो । अनि कसरी विधिको शासन हुन्छ अनि देशमा विधिको शासन छ भन्दै केही साथीहरू कराउँदै उफ्रिरहेका छन् । त्यही भएर भन्छु । अवस्था सुधार्न व्यवस्था सुधार गर्नैपर्छ ।’