Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सुरु हुनासाथ विपक्षी दलहरुको अवरोधपछि संसदको बैठक स्थगित

आजको प्रतिनिधि सभाको बैठक विपक्षी दलहरुको अवरोधपछि स्थगित भएको छ ।

भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै अवरोध गरिरहेकै अवस्थामा आज बैठक शुरु भएको थियो ।

बैठक शुरु हुनासाथ विपक्षी दलहरुले बैठक अवरोध गरे पछि सभामुख देवराज घिमिरेले संसदको बैठक अवरोध नगर्न आग्रह गरेका थिए । तर विपक्षी दलहरुले अवरोध कायम राखेपछि सभामुख घिमिरेले शुक्रबार १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।