Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

पूर्व प्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित जग्गा हिनामिना प्रकरणका प्रतिवादीहरूविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। केहीबेरअघि मात्र मुुद्दा दर्ता भएको अख्तियारको उच्च स्रोतले जनाएको छ।