Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

राजावादीको बैठकमा राजेन्द्र लिङदेन नगएपछि लफडा

राजवादी समुहको बैठकमा होहल्ला भएको छ ।

काठमाडौँको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा संयुक्त जनआन्दोलन समितिले बोलाएको राजावादी समुहका ४४ दल, समुह र अभियानका प्रतिनिधिको बैठकमा विवाद भएको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन बैठकमा अनुपस्थित भएपछि सहभागीले प्रश्न उठाएका थिए । लिङदेनले कार्यव्यस्तताको कारण देखाउदै बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएको बताइएको छ ।  

बैठकमा होहल्ला हुन थालेपछि समितिका संयोजक नवराज सुवेदीले सम्झाउने प्रयास गरे पनि नरोकिएपछि आन्दोलनका कार्यक्रम पछि जानकारी गराउने भन्दै बैठक स्थगित गरेका थिए ।