आइपीएलको १८औं सिजन समाप्त भएको छ । यस प्रतियोगिताको उपाधि रोयल च्यालेन्जर्स बैंगलुरुले पहिलो पटक जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा बैंगलुरुले पञ्जावलाई ६ रनले पराजित गर्दै पहिलो पटक उपाधि जितेको हो ।
हरेक पटक जस्तै यस पटक पनि उपाधि जित्ने टोलीमाथि पैसाको वर्षा भएको छ । च्याम्पियन रोयल च्यालेन्जर्स बैंगलोरलाई पुरस्कारको रूपमा २० करोड भारु भएको छ । साथै, उपविजेता पञ्जाब किंग्सले १२.५ करोड भारु प्राप्त गर्यो ।
आईपीएलमा टोलीहरूलाई दिइने पुरस्कार रकम बाहेक, धेरै अन्य पुरस्कारहरू पनि दिइन्छ । यसमा ओरेन्ज क्याप, पर्पल क्याप, फेयर प्ले अवार्ड जस्ता पुरस्कारहरू समावेश छन् । फाइनल खेलको प्लेयर अफ द म्याच कृणाल पाण्ड्या बनेका थिए र उनले ५ लाख भारु पाएका छन् ।
आइपीएलको उपाधि जितेको रोयल च्यालेन्जर्स बैंगलुरुको खुशी तस्बिरमा हेर्नुहोस् -