Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

ऐतिहासिक कांस्य पदक विजेता एरिकाको भव्य स्वागत (फोटोफिचर)

कराते वान प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितेकी एरिका गुरुङ स्वदेश फर्किएकी छन् ।

गुरुङलाई त्रिभुवन विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका पूर्व सदस्य–सचिव एवं नेपाल कराते महासंघका अध्यक्ष युवराज लामालगायतले स्वागत गरेका थिए ।

मोरक्कोको राबातमा भएको प्रतियोगिताको महिला ६८ केजीमाथि एरिका गुरुङले कांस्य पदक भिडन्तमा फ्रान्सकी खेलाडीलाई हराउदै ऐतिहासिक कांस्य जितेकी हुन् । 

तस्बिर: