कराते वान प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितेकी एरिका गुरुङ स्वदेश फर्किएकी छन् ।
गुरुङलाई त्रिभुवन विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका पूर्व सदस्य–सचिव एवं नेपाल कराते महासंघका अध्यक्ष युवराज लामालगायतले स्वागत गरेका थिए ।
मोरक्कोको राबातमा भएको प्रतियोगिताको महिला ६८ केजीमाथि एरिका गुरुङले कांस्य पदक भिडन्तमा फ्रान्सकी खेलाडीलाई हराउदै ऐतिहासिक कांस्य जितेकी हुन् ।
तस्बिर:
प्रतिक्रिया दिनुहोस्