Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

संसद बैठक चल्न नदिने विपक्षी दलहरूको तयारी

विपक्षी दलहरूले आज (मंगलबार) प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने भएका छन्। जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि पहिलो पटक आज बस्न लागेको प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने विपक्षी दलको तयारी छ।

नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बैठक बसेर बैठक सञ्चालन हुन नदिने निर्णय गरिसकेका छन्। सोमबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने निचोड निकाल्दै बैठक अवरुद्ध गर्ने निर्णय गरेको थियो।

रास्वपाले पनि भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा तथा प्रधानमन्त्रीले सदनमा जवाफ नदिएसम्म संसद्को कारबाही अघि बढ्न नदिने निर्णय गरेको छ।

सोमबार बसेको पार्टी संसदीय दलको बैठकले उक्त निर्णय गरेको थियो। आजको संसद् बैठकमा पार्टीको भूमिका जेठ १३ र १४ गतेकै हुने बैठकले निर्णय गरेको थियो।