Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसुची

आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बिहान ११ बजेदेखि बस्ने बैठकमा जेठ १५ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेटमाथि छलफल प्रारम्भ हुने तालिका रहेको छ ।

सभामुख देवराज घिमिरेले बजेटमाथिको छलफल तथा अर्थमन्त्री पौडेलले जवाफ दिनका लागि जेठ २०, २१, २२ र २३ गतेका लागि तोकेका छन् ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग राख्दै संसद अवरोध गरिरहेका छन् । संसदको अवरोध खुलाउने प्रयास भएपनि विपक्षीदलहरु आफ्नो अडानमा कायम रहेका छन् ।

Parliament1748908618.jpg