शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच के विषयमा भयो कुराकानी?

प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच के विषयमा भयो कुराकानी?

प्रधानमन्त्री–प्रतिगामी सलबलाए सदन चल्न दिनू, प्रचण्ड–भोलि निर्णय गर्छौं

जेठ १९, २०८२ सोमवार
जेठ १९, २०८२ सोमवार
  • प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच के विषयमा भयो कुराकानी?

    मुख्य तीन दलका शीर्ष नेताहरूबीच संसदको गतिरोध हल गर्ने विषयमा छलफल भएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने अडान प्रतिपक्षीले राखेपछि सोमबार सिंहदरबारमा शीर्ष नेताबीच छलफल भएको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताबीच छलफल भएको हो । छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्रीको राजीनामा नभएर सदन खोलेर अघि बढ्ने प्रस्ताव राखेका हुन् ।

    छलफलमा ओली र देउवाले प्रतिगामीहरू सक्रिय भएको भन्दै प्रतिनिधिसभाको बैठक सञ्चालनमा अवरोध नगर्न प्रचण्डसहितका नेतालाई आग्रह गरेका थिए । छलफलमा सहभागी नेता महिन्द्रराय यादवका अनुसार दुवै शीर्ष नेताले सदन सञ्चालनका लागि अनुरोध गरेका थिए । ‘देउवा र ओलीले देशको परिस्थिति बिग्रिएको र प्रतिगामी सक्रिय भएको भन्दै सदन सञ्चालनमा अवरोध नगर्न भन्नु भयो’ उनले सुनाए ।

    जवाफमा प्रचण्डसहितका विषक्षी नेताले भने भोलि बिहान विपक्षी दलहरूको बैठक रहेको र उक्त बैठकबाट मात्रै सदन चल्न दिने या नदिनेबारे निर्णय हुने जानकारी गराएको उनको भनाइ छ । ‘उहाँहरूले सदन सञ्चालनबारे कुरा गर्नुभयो । हामीले भोलि बिहान विपक्षी दलको बैठक हुन्छ । सदन चल्न दिने नदिने विषय त्यही बैठकपछि तय हुन्छ भन्यौँ’ उनले भने ।

    ‘राजीनामा होइन, सदन खोलेर अघि जानुपर्छ भन्ने कुरा राख्नु भयो’, माओवादीका प्रमुख सेचतक हितराज पाण्डेले भने । आफूहरूले भने गृहमन्त्रीको राजीनामाको माग राखेको बताए । ओलीको प्रस्तावमा माओवादीले विपक्षीसँग छलफल गर्ने जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार