Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

राजावादीले फिर्ता लिए काठमाडौं उपत्यका बन्दको कार्यक्रम

संयुक्त जनआन्दोलन समितिले काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ ।

समितिले जेठ १९ (आज) काठमाडौं उपत्यका बन्दको घोषणा गरेको थियो । कमल थापा, दीपक सिंहलगायत पक्राउ परेका व्यक्ति छोड्न माग गर्दै समितिले बन्दको घोषणा गरेको थियो ।

“जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका हाम्रा सबै साथीहरू रिहा भइसकेको अवस्था मध्यनजर गर्दै जेठ १९ गतेलाई तोकिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको जानकारी गराइन्छ,” नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले विज्ञप्ति जारी गर्दै भनेको छ । 

आइतबार दिउँसो काठमाडौंको नारायणचौरमा भएको प्रदर्शनका क्रममा थापाले निषेधित क्षेत्र तोड्दै अघि बढ्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।