Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

कमल थापासहित छ जना थुनामुक्त, भन्छन्- प्रहरीले बुटले हाने

राप्रपा नेपालका अध्यक्ष कमल थापासहित छ जनालाई प्रहरीले थुनामुक्त गरेको छ । आइतबार दिउँसो काठमाडौंको नारायणचौरमा भएको प्रदर्शनका क्रममा थापाले निषेधित क्षेत्र तोड्दै अघि बढ्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

‘चर्को बोलेको’ आरोपमा पक्राउ परेका दीपक सिंहलाई पनि थुनामुक्त गरिएको छ । थापा दिउँसो पक्राउ परेका थिए । तर डा. राजीब झाले भने मापसे गरेको पाइएको भन्दै हिरासतमै राखिएको प्रहरीले जनाएको छ । उनीमाथि मापसे गरेर प्रहरीलक्षित जथाभावी अभिव्यक्ति दिएको आरोप छ ।

य.jpg

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पटक–पटक उपप्रधान तथा गृहमन्त्री भएको व्यक्तिलाई प्रहरीले अमानवीय व्यवहार गरेको बताएका छन् । प्रहरी नियन्त्रणबाट बाहिरिएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले सरकारले बर्बरतापूर्वक दमन गरेको बताए । उनले दमनले आफूहरुको आन्दोलन नरोकिने बताउँदै आन्दोलनको उचाइ थप बढ्ने बताए ।

“म अघि बढ्न खोज्दा र परिस्थितिलाई संम्यमित बनाउन खोज्दा एकजना प्रहरी जवानले घुँडामा बुटले हिर्काए,” थापाले भने, “म अघि बढ्न खोज्दा सम्बन्धित प्रहरीलाई खुट्टामा हान्यो भनेर भन्दा अरु प्रहरीले कठालो समातेर लडाए ।”

त्यसपछि हात र खुट्टामा समातेर प्रहरी परिसरमा पुर्‍याइएको बताए ।