Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलबारदेखि यातायात ठप्प पार्ने व्यवसायीहरुको घोषणा

गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई कानुनी मान्यता दिएको विरोधमा आन्दोलनमा उत्रिएका सार्वजनिक यातायात व्यवसायीले मंगलबार(भोलि)देखि यातायात सेवा ठप्प पार्ने भएका छन् ।

Photo (5) (10).jpg

गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिने वैधानिक व्यवस्था मिलाएको भन्दै आन्दोलित व्यवसायीले मंगलबारदेखि सवारीसाधन घर, ग्यारेजमा थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका हुन् ।

Photo (4) (12).jpg

सोमबार पोखरा र काठमाडौमा प्रदर्शन गरेका व्यवसायीहरुले थप कार्यक्रम अघि सारेका हुन् । आन्दोलनमा सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजजुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सक्रिय छन् ।

yatrtt.jpeg