Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

राप्रपा नेपालका अध्यक्ष कमल थापा प्रहरी नियन्त्रणमा

राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नक्सालस्थित नारायणचौरबाट नियन्त्रणमा लिएको छ । राजसंस्थाको माग गर्दै प्रदर्शनमा उत्रिएका थापालाई आइतबार (जेठ १८) नक्सालस्थित नारायणचौरबाट नियन्त्रणमा लिइएको हो । 

प्रदर्शन अराजक बन्न थालेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । राजावादीहरूले जेठ १५ गतेदेखि थालेको आन्दोलन जारी रहँदा आइतबार काठमाडौंको नारायण चौरमा तनाव भएको छ । आइतबार तेस्रो दिन राजावादीहरूको संयुक्त आन्दोलन समितिको नेतृत्वमा नारायण चौरबाट जुलुस थालिएको थियो । 

Photo.png

उक्त जुलुस नारायण चौरबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्र घेर्ने योजनासहित अघि बढ्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको छ। हस्तक्षेपका क्रममा प्रहरीले राप्रपा नेपालका अध्यक्ष कमल थापासहितलाई पक्राउ गरेको छ। थापा पूर्वगृहमन्त्रीसमेत हुन् । आइतबार तेस्रो दिन उनीसहित राजावादीहरूको संयुक्त आन्दोलन समितिको नेतृत्वमा नारायणचौरबाट जुलुस थालिएको थियो।

बालुवाटार क्षेत्र घेर्ने योजनासहित राजावादीहरू अघि बढ्न खोजेपछि उनीहरूलाई नारायण चौरमा तैनाथ प्रहरीले रोकेको थियो । नारायणचौरमा प्रहरीसँग राजावादीको केहीबेर धकेलाधकेल पनि चलेको थियो । नारायणचौरको सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सम्बोधन गर्दै हस्तक्षेप भए प्रतिकारमा उत्रिने चेतावनी दिएका थिए ।