Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

साढे २ अर्ब बढी हिनामिनाको आरोपमा कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष पक्राउ

कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष र तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर रायलाई पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रायलाई शनिबार रूपन्देहीबाट उनलाई पक्राउ गरेको जानकारी दिएको छ । 

सीआईबी प्रवक्ता युवराज खड्काका अनुसार रायलाई बैंकको २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिनाको आरोपमा पक्राउ गरिएको छ । 

सीआईबीले भनेको छ- 'कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष/प्रमुख कार्यकारी अधिकृत एवं पटक पटक सञ्चालक समिति अध्यक्ष पदमा रहि उक्त बैंकमा संकलन भएको बचत कर्ताहरुको २५० करोड भन्दा बढी रकम हिनामिना गरी फरार रहेका राजेन्द्र वीर रायलाई यस ब्यूरोबाट खटिएको अनुसन्धान टोलीले पक्राउ गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान कार्य भईरहेको छ ।'

बैंकमा रकम हिनामिनाको आरोप लागेपछि राय फरार थिए । २०६० मा स्थापना भएको कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राय २०७६ देखि २०७९ सम्म प्रमुख कार्यकारी अधिकृत थिए ।