Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो?

नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको थियो ।