परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच हङकङमा भेटवार्ता भएको छ ।
हङकङ विशेष प्रशासनिक क्षेत्रमा अन्तर्राष्ट्रिय मध्यस्थता संगठनको स्थापना सम्बन्धी महासन्धिको हस्ताक्षर समारोहका लागि हाल हङकङमा रहेकी मन्त्री राणा र विदेशमन्त्री यीबीच शुक्रबार भेटवार्ता भएको हो । परराष्ट्रमन्त्री राणाले यीसँग फलदायी भेट भएको बताएकी छन् ।
भेटवार्तामा उच्चस्तरीय आदानप्रदान र विकास सहयोग सहित नेपाल-चीन द्विपक्षीय सम्बन्धका विभिन्न पक्षहरूमा छलफल भएको उनले बताएकी छन् । भेटवार्तामा नेपाल र चीन दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ पर्ने विषयमा छलफल भएको उनले जानकारी दिएकी छन् ।
परराष्ट्रमन्त्री राणा शनिबार स्वदेश फर्किदैछन् ।