Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

राजसंस्था पक्षधरले शनिबार दरबारमार्गको महेन्द्र शालिक अगाडी प्रदर्शन गर्ने

राजसंस्था पक्षधरहरुले शनिबार दरबारमार्ग महेन्द्र शालिक अगाडी गर्ने भएका छन् । 

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले दोस्रो दिनको माइतीघर र बबरमहल क्षेत्रको आन्दोलन सफल भएको भन्दै अब शनिबार तेस्रो दिन दरबारमार्गको महेन्द्र शालिक अगाडी गर्ने जानकारी दिएका हुन् ।

राजसंस्था पक्षधर दलहरु र अभियानले एक साथ विहिबारदेखि अनिश्चितकालीन आन्दोलन शुरु गरेका थिए । उनीहरुले पहिलो दिन विहिबार रत्नपार्क केन्द्रित प्रदर्शन गरेका थिए ।