शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बजेटलगत्तै बढ्यो अण्डाको मूल्य, अब कति पर्छ?

बजेटलगत्तै बढ्यो अण्डाको मूल्य, अब कति पर्छ?

जेठ १६, २०८२ शुक्रवार
जेठ १६, २०८२ शुक्रवार
  • बजेटलगत्तै बढ्यो अण्डाको मूल्य, अब कति पर्छ?

    नेपाली बजारमा अण्डाको मूल्य बढाइएको छ । नेपाल लेयर्स कुखुरा पालक संघ चितवनबाट लोड भएर देशभर जाने अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँसम्म बढाउने निर्णय गरेको हो । 

    संघले १७ गते (शनिबार)देखि लागु हुनेगरी एक्सएल अण्डाको मूल्य प्रतिक्रेड १५ रुपैयाँ बढाएर ४८० रुपैयाँ पुर्‍याएको छ । एक्सएल अण्डाको मूल्य प्रतिक्रेड ४६५ रुपैयाँ थियो । ठूलो अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँ बढाएर ४६५ रुपैयाँ पुर्‍याइएको छ । यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४५० रुपैयाँ थियो । 

    त्यस्तै, मिडियम अण्डाको मूल्य भने प्रतिक्रेट १० रुपैयाँ बढाइएको छ । यसअघि मिडियम अण्डाको मूल्य ४२५ रुपैयाँ रहेको संघका महासचिव मदन पोखरेलले बताए । 

    त्यसैगरी चितवनबाट लोड भइ देशैभरीको अण्डा बिक्री डिपोमा पुर्‍याउँदा लाग्ने भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी १३० रुपैयाँ थप लाग्नेछ । यही अनुरुप हाल बजारमा पाउँदै आएको अण्डाको मूल्य बढ्ने उनले बताए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार