Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

दुर्गा प्रसाईंको समूह राजावादीहरूको आन्दोलनमा सहभागी नहुने

राप्रपालगायत राजावादीहरूले आज काठमाडौँमा गर्न लागेको आन्दोलनमा दुर्गा प्रसाईंको समूह सहभागी नहुने भएको छ।

यसअघि राजावादी आन्दोलनमा अग्रपंतिमा रहेको प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ आजको आन्दोलनमा सहभागी नहुने भएको हो।

अभियानका केन्द्रीय सचिव प्रेमदीप लिम्बूले जारी गरेको विज्ञप्तिहअनुसार उक्त आन्दोलनमा उनीहरूको कुनै सहकार्य छैन। साथै, उक्त आन्दोलनको क्रममा कुनै घटना घटेको खण्डमा आफ्नो अभियान कुनै पनि जिम्मेवारी नलिने पनि विज्ञप्तिमा उल्लेख छ।  

Parsai_Samuha.jpg