Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सैनिक मञ्च टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्बिर)

गणतन्त्र दिवस २०८२ को अवसरमा बिहीबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका साथ विविध कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा नेपाली मौलिकता झल्कने सांस्कृतिक प्रस्तुतिहरू, सैनिक सम्मान, हेलिकप्टरबाट पुष्पवृष्टि लगायतका दृश्यले वातावरण उत्सवमय बनाएको थियो।

KRB_KTMGANATANTRADIWA_TUNDIKHEL__U3A4257.jpg

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको एक टुकुडीले अर्पण गरेको सलामी ग्रहण गरे। त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहलाई सम्बोधन गर्दै गणतन्त्र स्थापनापछि देशले प्राप्त गरेका उपलब्धिहरू र भावी दिशाबारे प्रकाश पारे।

KRB-KTM_U3A4506.jpg

नेपाली सेनाको हेलिकप्टरबाट गरिएको पुष्पवृष्टिले समारोहलाई विशेष बनायो। कलाकारहरूले नेपालको विविध सांस्कृतिक पहिचान झल्काउने नृत्य प्रस्तुत गरे, जसले दर्शकलाई मन्त्रमुग्ध बनायो।

KRB_KTM_PRESIDEN_PAUDEL_U3A4241.jpg

गणतन्त्र दिवस नेपालको ऐतिहासिक उपलब्धिको प्रतीक हो, जुन प्रत्येक वर्ष जेठ १५ गते मनाइन्छ। यस अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरिन्छ, जसमा लोकतन्त्रप्रति श्रद्धा, राष्ट्रिय एकता र स्वतन्त्रताको सन्देश प्रवाह गरिन्छ।  

kp oli.jpg

तस्बिर: किरणराज बिष्ट