शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै

आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै

जेठ १५, २०८२ बिहिवार
जेठ १५, २०८२ बिहिवार
  • आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै

    सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट आज प्रस्तुत गर्दैछ ।

    संघीय संसद्मा सरकारले बजेट प्रस्तुत गर्नेछ । जेठ १५ गते बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधानअनुरुप अर्थमन्त्री विष्णु पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न लागेका हुन् । 

    आज दिउँसो ३ बजे बस्ने सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्नेछन् ।

    संसद् सचिवालयले दुवै सदनका सदस्यलाई दिउँसो २ः४५ बजे अगाडि नै  प्रतिनिधिसभा बैठककक्षमा उपस्थित हुन आग्रह गरेको छ । 

    योजना आयोगले चालु आव २०८१/८२ मा बनाएको त्रिवर्षीय बजेट विनियोजन तथा प्रक्षेपण अनुसार यस वर्ष बजेट आकार २० खर्ब ८८ अर्ब २१ करोड रुपैयाँसम्म पुग्ने अनुमान छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार